कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • किसान कार्ड सम्बन्धी कार्यशाला गाेष्ठि सम्पन्न

    किसान कार्ड सम्बन्धी  कार्यशाला गाेष्ठि सम्पन्न
    Spread the love

    पहलमानपुर, १० मंसिर ।। कैलालीको धनगढीमा किसान कार्ड सम्बन्धी सिकाई तथा अनुभव आदान प्रदान कार्यशाला गाेष्ठि सम्पन्न भएको छ । सिसा परियाेजनाकाे आयाेजनामा उक्त सिकाई कार्यक्रम आईतवार सम्पन्न भएकाे हाे ।

    घाेडाघाेडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतकाे अध्यक्षतामा भएको गाेष्ठिमा कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्मा, किसान कार्डकाे शुरुवात गर्नमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने आर एण्ड डि साेलुशन भक्तपुरका सिईओ सुनिता न्हेमाफुकी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना धनगढीका प्रमुख, कञ्चनपुर तथा कैलालीका विभिन्न पालिकाका कृषि शाखा प्रमुखहरु, विभिन्न बैंकका केन्द्रिय तथा शाखा प्रमुखहरु, उद्याेग बाणिज्य धनगढी प्रमुख, विभिन्न कृषि सहकारीका प्रतिनिधीहरु, किसानका हितकाे लागि यस क्षेत्रमा बर्षाै देखि काम गर्दै आईरहेकाे सिसा परियाेजनाका केन्द्रिय तथा जिल्लामा कार्यरत पदाधिकारी, सेवाग्राहि किसान तथा सेवा प्रदायक एग्राेभेट तथा कृषि मेसिनरी सप्लायर्सका संचालकहरुकाे सहभागिता रहेकाे थियाे ।

    किसानहरुलाई डिजिटल बैंकिङ्ग किसान कार्ड कार्यक्रममा बढी भन्दा बढी सहभागी गराई सहुलियत कृषि कर्जा उपलब्ध गराई किसानकाे स्तरउन्नती गर्ने उदेश्यले गाेष्ठि आयाेजना गरिएकाे हाे ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD