भजनी, ७ असाेज ।। कैलालीको भजनीमा बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेल्धुराले भजनी नगरपालिका वडा नं. ८ खल्लाटोलका बाढी तथा डुबानबाट प्रभावित सिमान्तकृत समुदायका अति बिपन्न घर परिवारलाई खाद्य तथा पोषण राहत सामाग्री हस्तान्तरण गरेको छ ।बहुउद्देश्यीय बिकास समाज द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
उक्त अवसरमा ६१ घरपरिवारलाई चामल १५२५ केजी, दाल मिक्स २४४ केजी, नुन १२२ केजी, तेल १२२ लिटर, चिनी १८३ केजी,टुथ पेस्ट १२२ पिस, निलकटहर ६१ पिस,टुथब्रस ३६६ पिस,सेफ्टी प्याड ३०५ प्याकेट,नुहाउने साबुन २४४ पिस, लुगाधुने साबुन ४८८ पिस, लुगाधुने सोडा १२२ प्याकेट, झुल ६१ पिस, पिफम १२२ मिटर, तन्ना ६१ पिस,त्रिपाल ६१ पिस,ब्ल्याङकेट ६१ पिस बितरण गरिएको संस्थाका डिआरआर एक्सपर्ट राजेन्द्र रैका ले जानकारी दिए ।
सामाग्रीहरु भजनी नगरपालिकाका वडा नं ८ का अध्यक्ष पंकज चौधरी र संस्थाका परियोजना संयोजक शिवराज पाठक ले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । संस्थाले यसअघि भजनी नगरपालिका वडा नं १,३ र ८ मा ६७ बाढी तथा डुबान प्रभावित घरपरिवारलाई राहत बितरण गरेको थियोे ।
यसअघि संस्था द्घारा संचालित विभिन्न कार्यक्रमहरुको अनुगमनका क्रममा भजनी नगरपालिकाका नगरप्रमुख केबल चौधरीले स्थानीय स्तरमा बिपत जोखिम न्यूनीकरण, तत्काल राहत बितरण र समुदायमा सचेतना अभिवृद्धि गर्ने काममा संस्थाले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दे धन्यवाद ज्ञापन गरेका थिए ।
