भजनी, ५ असाेज ।। कैलालीको भजनीमा टास्क फोर्स र समुदायका अगुवाहरुका लागि आत्मरक्षा सम्बन्धि ३ दिने तालिम भजनी नगरपालिकामा सम्पन्न भएको छ ।
बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्ने उद्घेश्यले उक्त तालिम आयोजना गरिएको परियोजना संयोजक शिबराज पाठक ले जानकारी दिए ।
उक्त तालिम समापन कार्यक्रममा संस्थाका परियोजना संयोजक शिबराज पाठक, बिपत टास्क फोर्सका सत्रुघन चौधरी, प्रशिक्षक रतन टमट्टा लगायतकाले मन्तब्य राखेकाे तालिमको भजनी नगर प्रमुख केबल चौधरी ले उद्घाटन गरेका थिए ।
३ दिने तालिमको प्रशिक्षण रतन टमट्टा र चन्द्र साउँदले गरेका थिए । यस्तै कार्यक्रमको सहजीकरण डिआरआर अफिसर राजेन्द्र रैका ले गरेका थिए ।
