Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भूकम्प पीडितहरूका लागि पहलमानपुर कपडा बैंकले न्यानो कपडा उपलब्ध गराउने

0 48

कैलाली, २१ कार्तिक ।। जाजरकोटका भूकम्प पीडितहरूका लागि कैलाली स्थित पहलमानपुर कपडा बैंकले न्यानो लुगा उपलब्ध गराउने भएको छ । साेमबार कपडा बैङ्कका संयोजक निर्मल मिश्र सहितको टोलीले कैलालीबाट न्यानो लुगा लिएर भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् ।

भूकम्प प्रभावितहरूको लागि तत्काल ८२ थान कम्मल, ज्याकेट स्विटर लगायतका न्यानो लुगा उपलब्ध गराउने उद्देश्य रहेको कपडा बैङ्कका संयोजक मिश्रले बताए । उनले भोली जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई ती न्यानो लुगा हस्तान्तरण गर्ने बताए ।

‘हामीले पीडितहरूको लागि संकलन गरेका न्यानो लुगा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्छौ’ उनले भने ‘प्रतिअबाटै पीडितहरूले न्यानो लुगा पाउनु हुनेछ । ’

शुक्रवार राति ११ः४७ जाजरकोट स्थित बारेकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिम सबै भन्दा बढी प्रभावित भएको छ । भूकम्पले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान सम्म भूकम्पले क्षति पुराएको छ ।

अहिले जाजरकोटमा खुल्ला आकाशमुनि भूकम्प पीडितले रात काट्न बाध्य छन् । तत्कालको लागि भूकम्प पीडितहरूलाई केही राहत हुन सक्ने भन्दै आफूहरूले न्यानो लुगा उपलब्ध गराउन लागेको मिश्रले बताए ।

मिश्रले यस अघि पनि दुखी, गरिब र विपन्न व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेका थिए ।

School
टिप्पणीहरू
Loading...