कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को लागि मनोनयन दर्ता खुला

    राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को लागि मनोनयन दर्ता खुला
    Spread the love

    धनगढी, २२ माघ ।। नेपालमै पहिलोपटक कैलालीको धनगढीमा राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को आयोजना गरिने भएको छ ।

    कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालिको आयोजनामा अवार्ड हुने भएको हो । राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० का बारेमा आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।

    नेपालमा पहिलोपटक थारु चलचित्र, म्युजिक भिडियो तथा थारु लोक कला क्षेत्रका कलाकारहरुलाई सम्मान स्वरुप आगामी चैत्र ३ गते राष्ट्रिय स्तरको अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ ।

    पछिल्लो समय बदलिँदो परिवेशसँगै थारु कलाकारहरुलाई समाज, सस्कृति, भाषा तथा कला क्षेत्रको विकासमा जागरुक गर्न र उत्प्रेरित गराउने उद्देश्यसहित नेपालमै पहिलोपटक राष्ट्रिय थारु म्युजिक अवार्ड गर्न लागिएको आयोजक बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालिका अध्यक्ष हरेन्द्र चौधरीले बताए ।

    उनकाअनुसार म्युजिक अवार्डमा देशभरका सम्पूर्ण थारु कलाकारलाई उत्साहपूर्वक सहभागिता गराउने लक्ष्य राखिएको छ । जसका लागि ७ वटै प्रदेश तथा जिल्ला कार्यसमिति मार्फत कलाकार मनोनयन प्रक्रियामा सहभागी गराउन राष्ट्रिय थारु कलाकार मञ्च केन्द्रीय समिति मार्फत हरेक प्रदेश समितिसहित सबै कलाकारहरुलाई समन्वय गरिनेछ ।

    म्युजिक अवार्डमा सर्वोत्कृष्ट आधुनिक गायनतर्फ पुरुष र महिला, सर्वोत्कृष्ट लोकगीत गायनतर्फ पुरुष र महिला, सर्वोत्कृष्ट पप गायनतर्फ पुरुष र महिला, सर्वोत्कृष्ट गायनतर्फ पुरुष र महिला विधामा मनोनयन दर्ता गर्न सकिनेछ ।त्यस्तै, सर्वोत्कृष्ट फिल्म स्क्रिप्ट लेखन, गीत स्क्रिप्ट लेखन, फिल्म निर्देशक, म्युजिक भिडियो निर्देशक, द्वन्द निर्देशक, संगीतकार, छायांकार, दृश्य सम्पादक मनोनयन दर्ता गर्न सकिनेछ । सर्वोत्कृष्ट नव प्रतिभातर्फ पुरुष र महिला, सर्वोत्कृष्ट एल्बम, गीत, मोडलतर्फ पुरुष र महिला,, सर्वोत्कृष्ट युगल मोडल, म्युजिक कम्पनी, कला पत्रकारिता गरि २५ विधामा मनोनयन दर्ता गर्न खुला गरिएको छ ।

    अवार्ड कार्यक्रममा सहभागीताका लागि यही माघ २१ गतेदेखि (ग्लोबल अनलाइन पे) अनलाइनमार्फत मनोनयन दर्ता प्रक्रिया खुल्ला गरेको आयोजकले जनाएको छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD