कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • कान्ति मा.वि. पहलमानपुरको ७२ औँ वार्षिक उत्सव सम्पन्न

    कान्ति मा.वि. पहलमानपुरको ७२ औँ वार्षिक उत्सव सम्पन्न
    Spread the love

    पहलमानपुर, १९ माघ ।।  कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले शुक्रवार विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

    सो विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष नारायण कार्कीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेका थिए ।

    यस्तै कार्यक्रमका विशिष्ट अतिथि  नगर उपप्रमुख गुलिया कुमारी चौधरी र शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह रहेका थिए । कान्ति माध्यमिक विद्यालयका लेखापाल देविदयाल कठरियाले २ करोड ९१ लाख ४६ हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा बार्षिक प्रगति प्रतिबेदन विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्रले प्रस्तुत गरेका थिए ।

    उक्त वार्षिकोत्सवको अवसरमा विद्यालयलाई बिशेष सहयोग गरेका ब्यक्तित्व तथा सेवानिबृत शिक्षकहरुलाई सम्मान गरिएको छ । यसका साथै अर्धवार्षिक परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको छ ।

    कार्यक्रममा लागुपदार्थ दुर्ब्यसनि सम्बन्धि सचेतनामुलक नाटक प्रस्तुत, स्वास्थ्य सचेतना सम्बन्धि प्रर्दसनि लगायत विद्यार्थीहरुका प्रतिभाहरु प्रस्तुत गरिएको थियो । सो बार्षिक उत्सव कार्यक्रममा विद्यार्थी, अभिभावक लगायत विभिन्न विद्यालयका शिक्षक र जनप्रतिनिधीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन शिक्षक नरबहादुर देउवाले गरेका थिए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD