कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • घाेडाघाेडी अस्पतालले स्वास्थ्य परिक्षणमा विद्यार्थीलाई छुट दिने (कुन कुन क्याम्पसका बिद्यार्थीले पाउँछन् छुट हेर्नुहाेस् )

    घाेडाघाेडी अस्पतालले स्वास्थ्य परिक्षणमा विद्यार्थीलाई छुट दिने (कुन कुन क्याम्पसका बिद्यार्थीले पाउँछन् छुट हेर्नुहाेस् )
    Spread the love

    सुखड, ९ मंसिर ।। कैलालीको घोडाघोडी अस्पतालले विद्यार्थीहरूलाई उपचारमा १५ प्रतिशत छुट दिने भएको छ ।

    नेकपा (माओवादी केन्द्र) को भातृ विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र अस्पताल प्रशासनबीच आज विद्यार्थीलाई स्वास्थ्य परीक्षणमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।

    कैलालीका सम्पूर्ण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि आगामी तीन बर्ष सम्म छुट गर्ने समझदारी भएको अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य सौरभ चौधरी (प्रताप) ले जानकारी दिए ।

    अखिल क्रान्तिकारीका विद्यार्थी तथा अस्पतालका अध्यक्ष चिरन जोशीबिच विद्यार्थीलाई छुट दिने बिषयमा सम्झौता भएको हो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि यो सुविधाले सहज हुने अपेक्षा गरिएको छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD