Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

0 97

काठमाडौं, ३१ श्रावण ।। नेपाल राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही गरिने बताएको छ । बैंकले आज सूचना निकालेर क्रिप्टोकरेन्सीको कारोबार गर्ने, सदस्यता लिने, लगानी गर्ने, स्थानान्तरण गर्ने, बिप्रेषण र विनिमयसम्बन्धी कार्य गर्ने गरेको पाइएमा कानूनअनुसार काबारही हुने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले यसअघि २०७४ साउन १९, २०७८ भदौ २४ र २०७८ माघ ९ मा पनि सार्वजनिक सूचना निकालेर नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न नपाइने बताएको थियो । राष्ट्र बैंकका अनुसार नेपालमा क्रिप्टोकरेन्सी कारोबार÷व्यवसाय गैरकानूनी छ ।

cryptocurrency-band-nepal

School
टिप्पणीहरू
Loading...