Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सननेपालकाे बार्षिक उत्सव सुखड साखामा समेत मनाईयाे

0 4

पहलमानपुर, ०६ असोज ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे छैठाैं बार्षिक उत्सव कैलालीको घाेडाघाेडी नगरपालिका वडा नं. १ मा रहेकाे सुखड साखाले समेत मनाएकाे छ ।

कम्पनीका सुखड शाखा प्रमुख शाहदेव चाैधरीकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथि मार्केटिङ म्यानेजर बेहरी कुमारी चाैधरी रहेकी थिईन् ।

सननेपाल लाइफ इन्स्योरेन्सले देश भरी ३५ वटा शाखा कार्यालय र १५० भन्दा बढी उपशाखाबाट आफ्नो सेवा दिइरहेको छ । कम्पनीको चुक्ता पुजी ३ अर्ब २० करोड बढी रहेको यसै आर्थिक बर्ष ५ अर्ब पुर्याउने लक्ष्य समेत लिइएको शाखा प्रमुख चाैधरीले बताए ।

कम्पनीले विभिन्न समयमा रक्तदान कार्यक्रम, बिद्यालयहरुमा खेलकुदका सामाग्री वितरण, स्वच्छ खानेपानीका लागि पानीका ट्यान्कीहरु वितरण लगायतका सामाजिक कार्यहरु समेत गर्दै आइरहेको समेत उनले बताए ।

यस्तै सुखड साखामा कार्यरत अभिकर्ता र शुभेच्छुकहरुको उत्सवजनक सहभागिता रहेकाे थियाे उक्त कार्यक्रमकाे संचालन सन नेपाल लाइफ इन्स्योरेन्स लि. सुखड शाखाका कर्मचारी सितल बाेहराले गरेका थिए ।

School
टिप्पणीहरू
Loading...