कैलाली, ४ असाेज ।। टास्क फोर्स र समुदायका अगुवाहरुका लागि आत्मरक्षा सम्बन्धि ३ दिने तालिम कैलारी गाउँपालिकाको हसुलियामा सम्पन्न भएको छ ।
बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्ने उद्घेश्यले उक्त तालिम अायोजना गरेको हो । ३ दिने उक्त तालिमको सहजीकरण रतन टमट्टा र चन्द्र साउँदले गरेका थिए ।
तालिम समापन समारोहमा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवती कुमारी चौधरी, पालिका स्तरीय बिपत ब्यवस्थापन समिति संयोजक एंव वडा नं ४ का अध्यक्ष ठागुराम चौधरी ,कार्यपालिका सदस्य सुन्दरी चौधरी लगायतकाले मन्तब्य राखेका थिए । समापन समारोह संस्थाका कार्यक्रम संयोजक शिबराज पाठकको अध्यक्षतामा सम्पन्न भएको थियोे भने संचालन राजेन्द्र रैकाले गरेका थिए ।
