भजनी, ३ असाेज ।। कैलालीको भजनीमा संविधान दिवसको अवसरमा बृहत देउडा कार्यक्रम सम्पन्न भएको छ । आम नागरिक समाजको आयोजनामा बुधबार देउडा कार्यक्रम भएकाे हाे ।
जेष्ठ नागरिक चक्र बहादुर साउँदकाे सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी समाजसेवी तथा युवा नेतृ समिता भण्डारी रहेकी थिईन् । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भण्डारीले हरेक सामुदायले आ-आफ्नो रितिरिवाज, संस्कृति र कलाको संरक्षण गर्न आवश्यक रहेकाे बताईन् ।
माैलिक पहिचान संरक्षणका निम्ति आम नागरिकको दायित्व र युवा वर्गको प्रतिनिधित्व हुन समेत अति जरुरी रहेकाे उनले बताईन् । देउडा लगायतका कार्यक्रमले आपसी मित्रता, भाईचारा र सद्भाव बढाउने भएकाले यी अनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनकाे जाेड थियाे ।
समाजसेवी रतन रेग्मीकाे स्वागत मन्तब्य सँगै सुरु भएकाे कार्यक्रमकाे संचालन मातृका उपाध्यायले गरेका थिए । साे देउडा कार्यक्रममा भजनी क्षेत्रका देउडा पारखी, संरक्षणप्रेमीहरुकाे उत्साहजनक सहभागीता रहेकाे थियाे ।
