मसुरिया, ३० श्रावण ।। बाल कल्याण संघ टीकापुर, दिगो विकास समाज भजनी र वर्ल्डभिजन ईन्टरनेशनल नेपालले आफुले गरेका कामको वार्षिक सामिक्ष गरेका छन् । टीकापुरमा भएको समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम कलेलले संघ सस्थाले गरेका केहि कामहरु राम्रा भएको बताएका छन् ।
संघ संस्थाको सहयोगमा केहि नागरिकहरुले राम्रो आम्दानी गरीरहेको देखिएको र यसले गर्दा उनिहरुको जिविकोपार्जनमा टेवा पुगेको बताए । उनले कुनै पनि संघ संस्थाले काम गर्दा आफ्नो क्षेत्रलाई फराकीलो बनाउँदै लैजानु पर्ने र त्यसबाट अरुले पनि सिक्न जरुरी रहेको बताए ।
घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले पालिकाको उद्देश्य भनेको गरिबी घटाउने रहेकोले घोडाघोडी नगरपालिका कृषि क्षेत्रमा जोड दिएर काम गरिरहेको बताए । उनले किसानहरुको लागत घटाउन सके गरिबी घटेर जाने बताउँदै अवका दिनमा सबैले यस विषयमा सोच्न जरुरी रहेको बताए ।
गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले संघ संस्थाले समाजमा पछाडी परेका बालबालिका र आयआर्जनको क्षेत्रमा राम्रो काम गरेको र अवका दिनमा पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा टीकापुर नगरपालिका डा न ८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला, भजनी नगरपालिका निमित्त प्रमुख प्रशासिकय अधिकृत चन्द्रदेव भट्ट, वडा न. ५ का कार्यवहाक वडा अध्यक्ष राजेन्द्र खनाल, टीकापुर नगरपालिका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसी लगायतले बोलका थिए ।
बालकल्याण संघ टीकापुरका सुगम रेम्मी, दिगो विकास समाज भजनीका सन्तराम चौधरी, वर्ल्डभिजन ईन्टरनेशनल नेपालका मंगलबहादुर शाहले संस्थाले समुदायमा गरेका कामका बारेमा जानकारी गराएका थिए । जिल्ला परियोजना सल्लाहकार समिति कैलालीको आयोजनामा भएको कार्यक्रमलाई आर्थिक तथा प्राविधीक सहयोग बाल कल्याण संघ टीकापुर, दिगो विकास समाज भजनी र वर्ल्डभिजन ईन्टरनेशनल नेपालको रहेको थियो ।
