Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भजनी ७ मा तीज मिलन कार्यक्रम सम्पन्न

0

पहलमानपुर, ३१ भदाैं ।। कैलालीकाे भजनी नगरपालिका वडा नं. ७ स्थित चर्रा गाउँमा तीज मिलन कार्यक्रम सम्पन्न भएकाे छ । भजनी नगरपालिका ७ नं. वडा कार्यालयकाे आयाेजनामा हिन्दुनारीहरुकाे महानपर्व हरितालिका (तीज) काे अवसरमा साे कार्यक्रम आयाेजना गरिएकाे हाे ।

आयाेजक वडा नं. ७ का वडाअध्यक्ष अमर बहादुर कठरियाकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिकाका नगरप्रमुख केवल चाैधरी रहेका थिए । यस्तै नगरप्रमुख राजु तिरुवा विशिष्ट अतिथी रहेकाे साे तीज मिलन कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवि, राजनिज्ञ लगायतका अतिथी रहेका थिए ।

भजनी नगरपालिका वडा नं. ७ का विभिन्न गाउँका महिलाहरुकाे उत्साहजनक सहभागीता रहेकाे तीज कार्यक्रममा स्थानिय कलाकारहरुले आफ्नाे एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । तीज मिलन कार्यक्रमकाे संचालन पुरैना युवा क्लवका सचिव जयप्रकाश कठरियाले गरेका थिए ।

School
टिप्पणीहरू
Loading...