Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया समाज नेपालका महासचिव सुवेश कठरियाले दिए पदबाट राजिनामा

0

पहलमानपुर, २२ भदाैं ।। कठरिया समाज नेपालका केन्द्रिय महासचिव सुवेश कठरियाले पदबाट राजिनामा दिएका छन् । शुक्रबार राजिनामा पत्र कठरिया समाज नेपालका अध्यक्ष दुखिराम कठरियालाई बुझाउँदै उनले संस्थाकाे जिम्मेवारी छाेडेका हुन् ।

‘म मेराे निजि ब्यस्तता र विविध कारण वस् संस्थामा प्रयाप्त सक्रिय हुन नसक्ने भएकाले राजिनामा दिएकाे हु’ सुवेश कठरिया द्वारा बुझाईएकाे पत्रमा भनिएकाे छ । उनले असहज परिस्थितीका लागि माफि समेत मागेका छन् ।

यस्तै कठरिया समाज नेपालका केन्द्रिय अध्यक्ष दुखिराम कठरियाले महासचिवकाे राजिनामा पत्र प्राप्त भएकाे र साेकाे काम कार्बाही अगाडि बढाएकाे बताए । महासचिव कठरिया छाेटाे समयमै कठरिया समाज नेपालकाे जिम्मेवारीबाट बाहिरिएका हुन् ।

School
टिप्पणीहरू
Loading...