पहलमानपुर, १२ भदाैं ।। मेचि महाकाली समाज एसाेशिएसन भारतकाे अध्यक्षमा टेकबहादुर कडायत निर्विरोध चयन भएका छन् । संस्थाकाे प्रथम अधिवेशनबाट कडायत सँगै उपाध्यक्षमा भरत बाेहरा, महिला उपाध्यक्षमा कविता रावल, केन्द्रिय सचिवमा ज्ञानबहादुर कडायत, महासचिवमा मनबहादुर मास्कीमगर, सहसचिवमा चन्द्रा रावत र काेषाध्यक्षमा दिपक कडायत चयन भएका हुन् ।
भारतमा रहेका नेपालीहरु द्वारा संचालित साे संस्थाकाे बरिष्ठ सदस्यहरुमा प्रेम सिंह, गंगा रावल, सदस्यहरुमा करन सिंह कडायत, मोहन रावल, खकेन्द्र कडायत, शेर बहादुर रावत र रमा रावल कडायत रहेका छन् ।
यस्तै संस्थाकाे प्रमुख सल्लाहकारकाे रुपमा देवेन्द्र कडायत, सांस्कृतिक तथा खेलकुद विभाग संयाेजकमा प्रिती सिंह र आर्थिक संयोजकमा दिपक कडायत लगायतलाई ताेकिएकाे संस्थाका अध्यक्ष टेकबहादुर कडायतले बताए ।
गैरनाफामुलक संस्था मेचि महाकाली समाज एसाेशिएसनले लामाे समय देखि नेपाल तथा भारतमा रहेका नेपालीहरुलाई आर्थिक सहयाेग गर्दै आएकाे छ ।
