पहलमानपुर, ११ भदौ ।। कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा सि.एस.पोलिक्लिनिक सञ्चालनमा आउने भएको छ । बिशेषज्ञ डाक्टरको सेवा सुबिधा सहित पोलिक्लिनिक यहि भदौ १४ गते देखि सञ्चालनमा आउने बताईएको छ ।
जिल्लाको मध्यवर्ति क्षेत्र घोडाघोडी नगरपालिकामा नागरिकको स्वास्थ्यमा सरल पहुचका लागि करिब २ करोडको लागतमा पोलिक्लिनिक सञ्चालनमा आउने लागेको सञ्चालक बिष्णु प्रसाद सापकोटाले जानकारि दिए । सि.एस.पोलिक्लिनिकको भदौ १४ गते बिहान ९ बजे उद्घघाटन हुने भएको छ ।
पोलिक्लिनिकले ५ दिन सम्म बिरामी उपचार सेवा निशुल्क गर्ने जनाएको छ । त्यस्तै ल्याव भिडियो एकसरे र एकसरेमा ३० प्रतिशत छुट दिईने सञ्चालक सापकोटाले जानकारि दिए ।
