केशव बाेहरा, ६ भदाैं ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं ५ स्थित भगड्डी टोलमा १५ दिने योग विज्ञान शिविर भईरहेकाे छ ।
पतञ्जली योगपिठ नेपाल, पतञ्जली योग समिति नेपाल, महिला पतञ्जली योग समिति नेपाल र युवा नेपाल समितिकाे संयुक्त आयोजनामा अईतवारबाट योगविज्ञान शिविर भइरहेकाे हाे ।
पतञ्जली याेगपिठ नेपालका सदस्य दलबहादुर भण्डारीले प्रशिक्षण गरिरहेकाे उक्त शिविरमा जेष्ठ नागरिक, युवा, बालबालिकाहरुकाे उत्साहजनक सहभागिता रहेकाे छ ।
स्थानिय मोहन्याल सामुदायिक बन उपभोक्ता समुह को सभाहलमा संचालित शिविर भदाैं १७ गते सम्म चल्ने आयाेजकले जनाएकाे छ ।
