Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सिसैयामा गुरही तथा पचैंयाँ कार्यक्रम हुने

0

पहलमानपुर, ३ भदाैं ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ सिसैया गाउँमा गुरही तथा पचैंयाँ सामुहिक रुपमा मनाइने भएकाे छ । स्थानिय पहिचान युवा क्लवकाे आयाेजनामा यहि भदाैं ४ गते साेमवार थारु समुदायकाे गुरही तथा कठरिया समुदायकाे पचैंयाँ सामुहिक रुपमा मनाउन लागिएको हाे ।

हाम्राे गाउँमा कठरिया र डंगाैरा थारु एक आपसमा मिलेर बसेका छन् । दुबै समुदायकाे गुरही र पचैंयाँ बनाउने आफ्नै चालचलन र परम्परा छ । हाल सम्म दुबै समुदायले छुट्टाछुट्टै रुपमा पर्व आफ्नै ताैरतरिकाले मनाउँदै आएका छन् ।यसैबिच यसबर्ष दुबै समुदायलाई एकताबद्ध गरि आपसी मेलमिलाप र सद्भावका लागि गुरही, पचैंयाँ कार्यक्रम गर्न लागिएकाे पहिचान युवा क्लवका अध्यक्ष टीआर कठरियाले बताए ।

पहिलाे चरणमा गाउँमा एक पाख (१५ दिन) पहिले पचैंयाँकाे अवसरमा हालिएकाे सावन डाेलालाई नदिमा गएर बिर्सजन गरिने र त्यसपश्चात कठरिया समुदायकाे परम्परा अनुसार नदिमा गुररी/गुडिया असराउँदै पचैंयाँ मनाईने उनले बताए ।

दाेस्राे चरणमा गाउँकाे सबैभन्दा दक्षिण तिन पट्टी (तीन वटा बाटाे एक आपसमा जाेडिएकाे ठाउँ) मा गएर थारु समुदायकाे परम्परागत ताैरतरिकाले गुरही मनाईने आयाेजकले जनाएकाे छ । साे अवसरमा कार्यक्रममा सहभागी हुन चाहने सहभागीहरुलाई आयाेजकले माैलिक पहिरन अनिवार्य गरेकाे छ ।

यसैबिच उक्त कार्यक्रमकाे अवसरमा थारु साँस्कृतिक कार्यक्रमहरु गरिरहने तथा हरेक बर्ष गुरही मनाईने ठाउँलाई पहिचान चाैक समेत नामाकरण गरि अतिआवश्यक सम्पर्क नम्बर सहितकाे साईनबाेर्ड राखिने पहिचान क्लवका सचिव अमित कठरियाले बताए । उनले कार्यक्रमका लागि आवश्यक पर्ने सम्पुर्ण तयारी पूरा भईसकेकाे बताए ।

School
टिप्पणीहरू
Loading...