Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बाल संरक्षण सम्बन्धि रणनैतिक याेजना निर्माण कार्यशाला हुँदै

0

पहलमानपुर, ३२ श्रावण ।। स्थानिय बाल संरक्षण अवस्था बिश्लेषण तथा पञ्चबर्षिय रणनैतिक योजना निर्माण सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी कैलालीको चिसापानीमा आजबाट सुुरु भएकाे छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र बाल कल्याण संघ टिकापुरको आर्थिक तथा प्राबिधिक सहयाेगमा र कैलारी गाउँपालिकाकाे आयाेजनामा कार्यशाला भईरहेकाे हाे ।

कार्यशाला कैलारी गाउँपालिकाकी उपाध्यक्ष तथा पालिका स्तरीय बाल अधिकार समितिकी संयोजक भगवती चौधरीको अध्यक्षता र गाउँपालिका अध्यक्ष रामसमझ चौधरीको प्रमुख आतिथ्यमा बिहिवारबाट सुरु भएकाे हाे ।

उक्त कार्यशालामा गाउँपालिका स्तरिय बाल अधिकार समितिका पदाधिकारी, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य र विषयगत शाखाका प्रमुखहरुको उपस्थिति रहेको छ ।

बाल कल्याण संघद्वारा संचालित बाल संरक्षक तथा बाल स्पोन्सरशिप परियोजनाका कार्यक्रम ब्यबस्थापक सुगम रेग्मीले कार्यशालाकाे बारेमा प्रकाश पारेकाे उक्त तालिमकाे उद्घाटनमा शुभकामना मन्तव्य बाल कल्याण संघका कोषाध्यक्ष धनराज शाहिले राखेका थिए ।

यस्तै कैलारी गाउँपालिकाका बाल कल्याण अधिकारी एगम कलेलले संचालन गरेकाे कार्यक्रमलाई सहजीकरण भिम अवस्थी र राम प्रसाद दहालले गरिरहेका छन् ।

School
टिप्पणीहरू
Loading...