Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बाल कल्याण संघ द्वारा आर्सी बालबालिकाहरुको अनुगमन

0

पहलमानपुर, ३ श्रावण ।। वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण संघ टीकापुरमाको संयुक्त साझेदारीमा संचालित एकीकृत बाल संरक्षण तथा सामुदायिक सहभागिता परियोजना अन्तर्गत दर्ता भएका आर्सी बालबालिकाहरुकाे अनुगमन गरिएकाे छ ।

जिल्लाकाे टीकापुर नगरपालिका वार्ड नम्बर -७ स्थित डाडाबोझीमा परियोजनामा दर्ता भएका आर्सी बालबालिकाहरुको अनुगमन गरिएकाे हाे ।

साे अनुगमन बाल कल्याण संघ टीकापुरक अध्यक्ष धनबहादुर बि क र संस्थाका कोषाध्यक्ष धनराज शाहि लगायतकाले संयुक्त रुपमा गरेका हुन् ।

अनुगमनको क्रममा बालबालिकाहरुको शैक्षिक, स्वास्थ्य र पारिवारिक अवस्थाको बारेमा उनिहरु सँग अन्तरक्रिया गरिएकाे थियाे ।

यस्तै अनुगमनकै क्रममा सोही ठाउँमा संचालन भइरहेको सामुहिक मनोपरामर्श सम्बन्धी अभिमुखिकरण कार्यक्रमको पनि अनुगमन गरिएकाे संस्थाका मनाेपरामर्शकर्ता बिष्णा चाैधरीले बताईन् ।

IMG 20230719 WA0006
School
टिप्पणीहरू
Loading...