पहलमानपुर, ३० असार ।। कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ सिसैया स्थित पहिचान युवा क्लवकाे अध्यक्षमा पुन: टीआर कठरिया निर्विरोध चयन भएका छन् । आज भएकाे साे क्लवकाे बैठकले कठरिया सहित ९ सदस्य नयाँ कार्यसमिती सर्बसहमत रुपमा चयन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा रमेशशंकर कठरिया, सचिवमा अमित कुमार कठरिया, सहसचिवमा नरेश चाैधरी र काेषाध्यक्षमा आकृति कठरिया चयन भएका हुन् । यस्तै सदस्यहरुमा सियाराम चाैधरी, राजेन्द्र कुमार कठरिया, मनाेज चाैधरी र गिता कठरिया चयन भएका छन् ।
नयाँ चयन भएका कार्यसमितिका पदाधिकारीहरुले आजै पदभार ग्रहण गरेका छन् भने कार्यसमितिकाे कार्यअवधि दुईबर्ष सम्म रहने छ ।
यस्तै पहिचान युवा क्लवकाे विस्तारित बैठकमा क्लवका सदस्य विवेक कठरियाले लेखेकाे कठरिया भाषाकाे साहित्यिक रचना तुम आउ मै नामक पुस्तक समेत बिमाेचन गरिएकाे छ । पुस्तक बिमाेचन कठरिया सन्देश पत्रिकाका सम्पादकमण्डल र सिसैया गाउँका बुद्धिजीवी, समाजसेवि र अगुवाहरुले गरेका हुन् ।

