भजनी, २५ असार ।। कैलालीको भजनीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन । भजनी नगरपालिका वडा नम्बर–५ को कौवाखेडामा वि.ओ.पि पगियाप्रसारको खटिएको शसस्त्र प्रहरी नरेश चन्दको टोलीले २५ वर्षीय दिनेश साउँद लाई सोमबार पक्राउ गरेको हो ।
भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गर्दा कौवाखेडामा शंका लागि चेकजाँच गर्दा साउँदको हाप पाईन्टको खल्तिमा लुकाई छिपाई राखेको ९.९१ मिलिग्राम खैरो हिरोईन फेलापारी नियन्त्रणमा लिइएको हो ।
थप १ जनाको नाम, सम्पर्क नम्बर मागि पक्राउ गरि ईलाका प्रहरी कार्यालयको कार्यालय पठाएको शसस्त्र प्रहरी बल नेपाल गुलरियाघाट बि.ओ.पि.का डि.एस.पी पृथ्वीराज बोगटीले जानकारी दिए ।
