Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

खप्तडमा मंगलवार देखि अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन, तयारी पुरा

0

बझाङ, २२ जेठ ।। खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलनको तयारी पूरा भएको छ । भोलि मंगलबारदेखि सुरू हुने अध्यात्मिक सम्मेलनमा प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्यसहित करिब डेढ सय जना खप्तड पुगिसकेका छन् भने आचार्य बालकृष्ण अछाम हुँदै खप्तड आउने तयारी भइरहेको खप्तड पर्यटन क्षेत्र विकास समितिका कार्यकारी निर्देशक भीम खड्काले बताए ।
खड्काका अनुसार भोलि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित मन्त्रीहरू, प्रदेश मुख्यमन्त्री, सभामुख, योग गुरु रामदेव भोलि हेलिकप्टरमा आउने बिहान खप्तड आउने भएका छन् ।
पहिलो दिन उद्घाटन, मन्तव्य, दोस्रो दिन प्रतिवेदन प्रस्तुत र सामुहिक योगसहित समापन हुने कार्यक्रम रहेको खड्काले बताए ।

School
टिप्पणीहरू
Loading...