Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

संखुवासभामा हेलिकप्टर दुर्घटना : क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

0

२२ वैशाख, काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले बताए ।

घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताए । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

School
टिप्पणीहरू
Loading...