Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा संचालन

0

खेम राज पाण्डेय, २९ चैत ।। कैलालीको भजनीमा डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा संचालन गरिएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना मार्फत कक्षा संचालन गरिएको हो ।

भजनी नगरपालिका र टीकापुर नगरपालिकामा डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा संचालन गरिएको छ । डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा ४५ दिन सम्म संचालन रहेको परियोजनाका अधिकृत विनोद शाहले जानकारी दिए ।

स्थानीय उत्पादकहरूको डिजिटल प्रविधिका माध्यमबाट क्षमता विकास गरी सहज बिक्री सुविधा उपलब्ध गराउने, बजार बजारीकरण सम्बन्धी जानकारी प्रदान गरि क्षमता विकास गर्ने र आम्दानी तथा खर्च व्यवस्थापन योजना निर्माण गरी आर्थिक आम्दानी वृद्धि गर्ने उद्देश्यले कक्षा संचालन गरिएको बताईएको छ । 

परियोजनाले  आमा र बच्चाको कुपोषणमा सुधार ल्याउने, कुपोषणका कारण लाग्ने रोगमा कमी ल्याई वाल मृत्युदर  कम गर्ने खाद्य सुरक्षा कायम गरी खानामा विविधीकरण गर्ने र आर्थिक आम्दानी वृद्धि गरि सम्पत्ति वृद्धि गराइने परियोजनाको लक्ष्य रहेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, डिजिटल बजार तथा वित्तीय साक्षरता, सहजकर्ताहरू, दिगो विकास समाज भजनी र पत्रकार सहितको सहभागिता रहेको थियो ।

School
टिप्पणीहरू
Loading...