पहलमानपुर, २९ चैत ।। कैलालीको घाेडाघाेडी नगरपालिका १ सुखडमा बुधवार दुई दिने वडा स्तरिय विपद् व्यवस्थापन समितीहरुलाई विपद् व्यवस्थापन अभिमुखिकरण तालिम सम्पन्न भएकाे छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तरगत आयाेजित साे तालिम सम्पन्न भएकाे हाे ।
तालिम समापन कार्यक्रम आयाेजक संस्थाका अध्यक्ष राम बहादुर सुनारकाे सभापतित्वमा तथा घाेडाघाेडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतकाे प्रमुख आथित्वमा भएकाे थियाे । कार्यक्रममा बाेल्दै नगर प्रमुख रावतले विपत् आईसकेपछि क्षतिकाे पुर्ति गर्नुभन्दा पनि क्षति हुनै नदिन पुर्वतयारी गर्नुपर्ने बताए । हाम्राे समाजमा विभिन्न खाले विपद्हरुकाे सम्भावित जाेखिम रहिरहेकाे कारणले साेकाे न्युनिकरण गर्न नगर सरकार सहित स्थानीयहरु समेत जागरुक भई लाग्नु पर्ने बताए ।
उक्त तालिममा वडामा गठन गरिएका विपद् व्यवस्थापन समितीकाे काम, कर्तब्य र अधिकार, जलवायु उत्थानशीलता र विपद् व्यवस्थापन शब्दावली, विपदबाट हुने क्षति कम गर्ने उपायहरु लगायतकाे बिषयमा प्रशिक्षण दिईएकाे दिगाेविकास समाजका परियाेजना अधिकृत प्रभुनाथ ढकालले बताए ।
कैलाली जिल्लाकाे संकटासन्नटाकाे सुचिमा रहेका घाेडाघाेडी नगरपालिका वडा नं. ५, ११, १२ र कैलारी गाउँपालिकाकाे वडा नं. ८ का वडा स्तरिय विपद् व्यवस्थापन समितीका पदाधिकारीहरुकाे सहभागिता रहेकाे साे तालिमकाे प्रशिक्षण नेपाल रेडक्रस साेसायटी कैलालीका लाेकराज जाेशीले गरेका थिए ।
