कैलाली, २८ चैत ।। सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा चौधरीलाई मनोनीत गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको प्रमुख सचेतक हितराज पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।
चौधरी समानुपातिक निर्वाचन प्रणालीमा कैलालीबाट निर्वाचित भएकी हुन् ।
