Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेपाल दलित मुक्ति मोर्चाकाे प्रदेश कार्यालय धनगढीमा स्थापना

0

कैलाली, २ चैत ।। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन नेपाल दलित मुक्ति मोचाले धनगढीमा सुदूरपश्चिम प्रदेश सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का पोलिट ब्यूरो सदस्य तथा मोर्चाका फ्याक्सन इन्चार्ज ओमप्रकाश पुनले कार्यालय स्थापना पश्चात मोर्चाका कामलाई व्यवस्थित गर्न सहज हुने बताए।।

त्यस्तै कार्यक्रममा बोल्दै पुनले विभेदको जरोको पहिचान गर्न नसके आमुल परिवर्तन ल्याउन नसकिने बताए । उनले भने ‘विभेदको उत्पति कहाँबाट भयो, विभेदको जरो केहो? भन्ने विषयमा ठोस पहिचान गर्न सकेनौं भने आमुल परिवर्तन ल्याउन सकिदैन ।

विभेदको अन्यका लागि संघर्ष नै आवश्यक हुने उनले बताए । धर्मको हालीमुलाली भइरहेसम्म विभेद अन्त्य नहुने बताउँदै उनले भने ‘धार्मीक अन्धविश्वास विरुद्ध प्रहार केन्द्रीत गर्न सकेनौँ भने जातिवाद रहिरन्छ,त्यसैले विभेदका विरुद्ध संघर्ष गर्न आवश्यक छ।’

त्यस्तै नेपाल दलित मुक्ति मोर्चाकी सुदूरपश्चिम प्रदेश संयोजक विनिता ओडले कार्यालय स्थापनाले मोर्चाका गतिविधिलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताइन् । कार्यालय उद्घाटन कार्यक्रममा मोर्चाको केन्द्रीय सम्मेलन आयोजक कमिटि सदस्यहरु डवल ताम्राकार, गोविन्द विक,मोर्चाका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

School
टिप्पणीहरू
Loading...