पहलमानपुर, २९ फागुन ।। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा आयाेजित घोडाघोडी महोत्सव २०७९ अईतवार सम्पन्न भएको छ । फागुन १८ गतेबाट सुरु भएको महोत्सव आईतबार एक औपचारिक कार्यक्रमका बिच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले समापन गरेका हुन् ।
“कला सांस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी विकासको आधार” भन्ने नाराका साथ सुखडको हेलि प्याडमा महोत्सव सुरु भएको थियो । घोडाघोडी उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव भएको थियो । महोत्सव १० दिनसम्म चलेको थियो । महाेत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुले आफ्नाे प्रस्तुति प्रस्तुत गरेका थिए ।
