Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीकाे सिमरीमा आज चाैथा कठरिया साँस्कृतिक हाेरी महाेत्सव हुँदै

0

पहलमानपुर, २७ फागुन ।। कैलाली जिल्लाकाे जाेशीपुर गाउँपालिका वडा नं. ६ सिमरी गाउँमा आज (शनिवार) चाैथाे कठरिया साँस्कृतिक हाेरी महाेत्सव २०७९ हुन लागेकाे छ । महाेत्सव आयाेजक मुल कमिटी सिमरी गाउँ, समाज तथा कठरिया समाज नेपालकाे सहकार्यमा साे महाेत्सव हुन लागेकाे हाे ।

कठरिया समुदायकाे प्रमुख बासाेबास रहेकाे गाउँहरुमा हरेक बर्ष आयाेजना हुँदै आएकाे महाेत्सवकाे चाैथाे संस्करण अन्तरगत यस बर्ष सिमरी गाउँमा आयाेजना गरिन लागेकाे महाेत्सवकाे सम्पुर्ण तयारी पूरा भईसकेकाे आयाेजक कमिटी संयाेजक राजेश कठरियाले बताए । हामीले कैलाली जिल्ला र अन्य छिमेकमा रहेकाे कठरिया गाउँका नेतृत्वहरुलाई साँस्कृतिक झाँकि सहितकाे उपस्थितिका लागि पत्रचार गरिसकेका छाैं । मञ्च निर्माण, अतिथी स्वागत गेट निर्माण, कार्यक्रम स्थल सरसफाई, अतिथी, कलाकारहरुलाई समेत पत्रचार लगायतकाे आवश्यक सम्पूर्ण तयारी गरिसकेकाे संयाेजक कठरियाले बताए ।
हम्मर भाषा, कला, संस्कृति हम्मर पहिचान, यहके बचैना हम्मर अभियान भन्ने मुल नाराका साथ आयाेजना हुन लागेकाे महाेत्सवमा आज कठरिया समुदायकाे चर्चित हाेरी नाच, स्थानीय कठरिया कलाकारहरुकाे प्रस्तुति रहने कठरिया समाज नेपालका सदस्य जितेन्द्र कठरियाले बताए । यसका साथै महाेत्सवमा कठरिया समुदायकाे नाघा, अंगिया, झगिया, कुल्हि, बिल्ला लगायतकाे माैलिकता प्रर्दशन हुने उनले बताए ।

कठरिया भाषा, संस्कृति र पहिचानलाई संरक्षण, सम्बर्द्वन गर्ने उदेश्यका साथ निरन्तर आयाेजना हुँदै आएकाे महाेत्सव यश अघि बर्दगाेरिया ६ तुल्सिपुर, भजनी ७चर्रा र कैलारी ८ लाैसा गाउँमा सम्पन्न भईसकेकाे छ । कठरिया साँस्कृतिक हाेरी महाेत्सवकाे मिडिया पार्टनर कठरिया र नेपाली भाषाकाे पहिलाे अनलाइन कठरिया सन्देश र कठरिया अनलाइन रेडियाे रहेकाे छ ।

FB IMG 1678461130382
School
टिप्पणीहरू
Loading...