पहलमानपुर, २२ फागुन ।। कैलालीको सुखडमा जारी घाेडाघाेडी महाेत्सवमा आज (साेमवार) स्थानीय तथा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति रहने छ । जस अनुसार आज चाैथाे दिन गायक रामजी खाण, गायिका सानु सुर्खाली, थारु गायिका सोनु कुश्मी र गायक रामकुमार कठरियाकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।
कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्ध घाेडाघाेडी विकासकाे आधार भन्ने मुलनाराका साथ बिहिवारबाट सुरु भएकाे घाेडाघाेडी महाेत्सवमा दैनिक स्थानीय डान्स एकेडेमी, क्लवका कलाकारहरुकाे समेत प्रस्तुति भइरहेकाे आयाेजकले जनाएकाे छ ।
घाेडाघाेडी उद्योग बाणिज्य संघकाे आयाेजनामा भईरहेकाे महाेत्सवमा अईतवार गायक रमेशराज भट्टराई, जे. आर. भट्ट, गाेबिन्द ढकाल र गायिका कृष्ण सिराडीले प्रस्तुति राखेका थिए । सुखड स्थित हेलिप्याडमा जारी महाेत्सव फागुन २८ गते सम्म चल्ने छ ।

