पहलमानपुर, २० फागुन ।। चाैथाे कठरिया साँस्कृतिक हाेरी महाेत्सव २०७९ कैलाली जिल्लाकाे जाेशीपुर गाउँपालिका वडा नं. ६ स्थित सिमरी गाउँमा हुने भएकाे छ । सिमरी गाउँ समाज, स्थानिय एकिकृत लायन्स क्लव र कठरिया समाज नेपालकाे सहकार्यमा महाेत्सव यहि फागुन २७ गते हुने भएकाे हाे ।
कैलाली जिल्लामा रहेका कठरियाहरुकाे आज बसेकाे भेलाले साे गाउँमा समुदायकाे एकता, सद्भाव र माैलिक पहिचान संरक्षण, सम्बर्द्वनका लागि महाेत्सव आयाेजना गर्ने निर्णय गरेकाे कठरिया समाज नेपालका सचिव अनिल प्रसाद कठरियाले बताए । महाेत्सवमा कैलाली र छिमेकी भारतका कठरियाहरुकाे उल्लेखनीय सहभागी रहने आयाेजकले जनाएकाे छ ।
यसअघि कठरिया साँस्कृतिक हाेरी महाेत्सवकाे पहिलाे संस्करण तुल्सिपुर, दाेस्राे चर्रा र तेस्राे लाैसा गाउँमा सम्पन्न भईसकेकाे छ । सिमरीमा आयाेजना हुन लागेकाे कार्यक्रम चाैथाे संस्करण हाे ।

