Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीका पत्रकार साउँदलाई समाचार सम्प्रेषण गरेकाे भन्दै दुई घण्टा नियन्त्रणमा

0

कैलाली, १५ फागुन ।। कैलालीका पत्रकार टिकाराम साउँदलाई समाचार प्रसारण गरेको भन्दै दुई घण्टा नियन्त्रणमा लिइएको छ ।

जिल्लाको बर्दगोरियामा रहेको आरएनसी ट्रेडिङ प्रालीका बारेमा समाचार संकलन गरेर फर्किँदा आरएनसी ट्रेडिङसँग सम्बन्धित व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएका हुन् । प्रसारण गरेको भिडियो समेत हटाउन दबाब दिएका उनीहरुले केही बेर पत्रकार साउदको मोबाइल पनि कब्जामा लिएका थिए ।

केही घण्टा पनि प्रहरी टोली पुगेर उनलाई छुटाएको थियो । पत्रकार साउँदलाई नियन्त्रणमा लिने भीम ऐर र केशव बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय सुखड ल्याइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए । उनले आरएनसी ट्रेडिङ्गमा आवश्यक कागजात समेत फेला नपरेको बताए ।

पत्रकार साउँदले आफूलाई नियन्त्रण राख्नेहरू माथि कडा कारबाहीको माग समेत गरेका छन् । आज साउँद सहित पत्रकार रमेश बम लोकुसिंह ठकुरी, खेम ढुङ्गाना र तपेन्द्र ढुङ्गाना पनि समाचार सङ्कलनमा गएका थिए । उनीहरु फर्किसकेपछि साउदलाई नियन्त्रणमा लिइएको थियो ।

उक्त घटनालाई पत्रकार महासंघले पनि भर्त्सना गरेको छ । पत्रकार महासङ्घ कैलालीका सदस्य कृष्ण प्रसाद ओझाले पत्रकारलाई नियन्त्रण राख्नेहरूलाई कडा कारबाहीको माग गरेका छन् ।

समाचारमा असहमति भए कानुनी उपचारका विधि हुँदा हुँदै पत्रकारमाथि जाइलाग्नेहरू विरुद्ध महासंघ कडा रुपमा प्रस्तुत हुने समेत उनले जनाए ।

1677057573

School
टिप्पणीहरू
Loading...