Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घटना व्यवस्थापन तथा सिफारिस संयन्त्र सम्बन्धि तालिम सम्पन्न

0

पहलमानपुर, १० फागुन ।। कैलाली जिल्लाको चिसापानीमा वडा स्तरिय बाल अधिकार समितिका प्रतिनिधिहरुका लागि घटना व्यवस्थापन तथा सिफारिस संयन्त्र सम्बन्धि २ दिने क्षमता अभिवृद्धि सम्पन्न भएको छ l बाल कल्याण संघ टिकापुर र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा बाल संरक्षण परियोजना अन्तर्गत संचालित सो तालिम बुधवार सम्पन्न भएको हो ।

gg mahotsav

विभिन्न कारणले जोखिममा परेका बालबालिकाको घटना ब्यवस्थापन, बाल अधिकार र बाल संरक्षणका बिषयमा प्रशिक्षकहरु उषा जोशी र उदयराम खत्रीले प्रशिक्षण गरेको उक्त कार्यक्रममा परियोजना संचालनमा रहेका कैलालीका घोडाघोडी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका अन्तरगतका विभिन्न वडाका बाल अधिकार समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो l

तालिममा सहभागी प्रतिनिधिहरुले स्थानीय स्तरमा लागू पदार्थ संलग्न भएका बालबालिकाहरुको पहिचान गरि अभिभाबक र बालबालिकाहरुलाई संगै राखि मनोपरामर्श कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका थिए । परियोजनाका कार्यक्रम प्रभाबकारी भए पनि समुदाय स्तरमा एकै ब्यक्ति संग दोहोरीने भएकाले वडा स्तरका सबै टोलहरुमा काम गर्दा राम्रो हुने उनिहरुले सुझाएका थिए ।

School
टिप्पणीहरू
Loading...