Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

केपी ओलीलाई कारबाही गर्नुपर्छ : दुर्गा प्रसाइ

0

धनगढी, १० फागुन । नेकपा एमाले छाडेर  “नागरिक बचाऔँ” अभियान शुरू गरेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले केपी ओलीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

धनगढीमा आफ्नो महाअभियानलाई साथ दिन पुगेका उनले बुधवार धनगढीस्थित पार्कमोडमा एक कार्यक्रम आयोजना गरी आफूले पूर्वराजाबाट अभियान शुरू गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने बताए । त्यस क्रममा उनले आफ्नो अभियानलाई साथ दिन पनि आग्रह गरे। 

gg mahotsav

प्रसाईंले भने, ‘केपी हजुरबुबाले मलाई पानसमा पूर्वराजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने, उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइराख्नुभएको छ। उहाँलाई कारबाही हुनुपर्ने होइन रु म पनि केपी हजुरबुवालाई तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ।’

फरक सन्दर्भमा उनले चर्को ब्याजदर घटाउन पनि आग्रह गरे। चर्को ब्याजले साना व्यवसायी मारमा परेकाले यो विषयलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए। 

School
टिप्पणीहरू
Loading...