कैलाली, १० फागुन ।। बुद्धिचाल संघ सुदूरपश्चिम प्रदेशको दोस्रो साधरण सभा बुधबार कैलालीको अत्तरियामा सम्पन्न भएको छ । अधिवेशनको भेलाबाट भीमदत्त पाण्डेयको अध्यक्षतामा नयाँ प्रदेश समिति चयन भएको छ ।
समितको उपाध्यक्ष सत्येस बहादुर चन्द, महासचिव खडक बहादुर मन्नी, सचिव शुसिला देउवा र कोषाध्यक्ष धर्मी खड्का चयन भएका छन् । सदस्यहरुमा जयबहादुर कार्की र जीतबहादुर केपाछाकी चयन भएका छन् ।

