Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मनाेसमाजिक समस्या न्युनिकरण गर्न जनचेतनामुलक कार्यक्रम आवश्यक

0

मसुरिया, ९ फागुन ।। गौरीगंगा नगरपालिका नगर प्रमुख देवीदत्त कडेलले मानसीक स्वास्थ्य तथा मनोसमाजिक समस्या अहिलेको युवापुस्तामा सबैभन्दा ठुलो समस्या रहेको बताएका छन्।

मंगलबार चौमालामा टिपिओ नेपालद्धारा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै नगर प्रमुख कडेलले मानसिक रोग वर्तमान समयमा विद्यालय उमेरको देखासिकीले घरपरिवारमा समेत देखा परिरहेको बताउदै मानिसहरुले मानसिक समस्या लुकाउन नहुने धारणा राखे बढ्दो प्रविधिको प्रयोगसँगै बेरोजगारी गरिबीको कारण अस्वस्थ्य प्रतिष्प्रधाले मानसिक समस्या बढ्दै गईरहेको बताए।

गौरीगंगा नगरपालिकामा मनोसामाजिक सहयोग कार्यक्रमलाई निति तथा कार्यक्रममा समाहित गरी मनोसामाजिक समस्या नियन्त्रण गर्न विद्यालयमा साप्ताहिक जनचेतना मुलक कार्यक्रम संचालनको आवश्यकता रहेको बताए ।

कार्यक्रममा टिपिओ नेपालका कार्यकारी निर्देशक तथा मनोचिकित्सक डा.कमल गौतमले मनोसामाजिक समस्याको वर्तमान अवस्था र कार्यक्रमको बिषयबस्तु माथि प्रकाश पारेका थिए। उनले मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्वास्थ्य प्रर्बधनमा स्थानिय सरकारको भुमिका महत्वपुर्ण रहेको बताउदै सबै स्थानिय सरकारहरुले समेत यो बिषयलाई आ–आफ्नो नीति कार्यक्रममा समावेश गरेर लैजानु पर्ने धारणा राखे।

यस्तै कार्यक्रममा टिपिओ नेपालले नगर प्रमुख कडेललाई स्थानिय तहमा मानसिक तथा मनोसामाजिक सहयोग क्रियाकलाप तथा आवश्यक स्रोत प्रतिवेदन हस्तान्तरण साथै सहभागिहरु बिच अन्र्तक्रिया आयोजना गरिको थियो।

कार्यक्रम विभाग प्रमुख पिताम्बर कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, शाखा प्रमुख, संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो।

School
टिप्पणीहरू
Loading...