Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सांसद चौधरीसहित १४ जनाको सजाय माफी

0

काठमाडौं, ६ फागुन ।। आगजनी मुद्दामा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी दिएकी छिन् । शुक्रबार माफीसम्बन्धी निर्णय भएको राष्ट्रपति कार्यालयले सांसद चौधरीसहित १४ जनाको सजाय माफी दिएकी हुन्।

प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारी उनीहरुलाई सजाय माफी दिएकी हुन् ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रजातन्त्रको दिवसको अवसरमा विभिन्न अदालतबाट भएको फैसला बमोजिम लागेको सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार माफी सिफारिस गरेको थियो । त्यसअनुसार राष्ट्रपतिबाट निर्णय भएको छ । कानुनी प्रक्रिया पूरा गरी संविधान र कानुनमा भएको प्रावधानअनुसार माफी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी गत १९ माघमा पक्राउ परेका थिए । आगजनी मुद्दामा ६ महिना कैद भएको थियो । उनले पनि सजाय माफी पाएका छन्।२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । त्यस्तै, तीन सय ८१ जना कैदीलाई असल चालचलनको भएको आधारमा भुक्तान हुन बाँकी कैद माफी भएको छ । ५० प्रतिशत कैद भुक्तान गरेका, नकारात्मक मुद्दाको सूचीमा नभएकाहरूले यस्तो सुविधा पाउँदै आएका छन् ।

माफीसम्बन्धी विषयमा सिफारिस भए पनि निर्णयको आधिकारिक जानकारी नआएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । ‘हामीले १४ जनाको नाम माफीका लागि सिफारिस गरेका थियौँ, राष्ट्रपति कार्यालयबाट यसबारे आधिकारिक जानकारी आइसकेको छैन,’ उनले भने । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा पुष्कर गौतमलगायत १४ जनालाई माफी दिइएको उल्लेख छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माफीसम्बन्धी सिफारिस गरेको थियो । संविधानको धारा २७६ मा टेकेर माफी दिइएको हो । उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ ।’ खासगरी राजनीतिक प्रकृतिका मुद्दामा माफी दिने मर्मका आधारमा यस्तो प्रावधान राखिए पनि यसको दुरुपयोग हुँदै आएको छ । माफी पाएकाहरू संविधान दिवसका दिनमा छुट्नेछन् ।Kaid Mihana Notice1676648463

School
टिप्पणीहरू
Loading...