Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासकाे मत नदिने

0

कैलाली, २४ माघ ।। नागरिक उन्मुक्ति सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मंगलबार डिल्लीबजार कारागारमा बसेको बैठकले यस्तो निर्णय हो ।

उन्मुक्तिका नेता रेश्मलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठको सहभागितामा संसदीय दलका नेता रामेश्वर चौधरी सहित उन्मुक्तिका प्रदेश सभा सदस्यबीच मंगलबार विहानदेखि भएको बैठकले विश्वासको मत नदिने निर्णय गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने बताएका बेला नागरिक उन्मुक्तिले मत नदिने निर्णय गरेको हो । नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका रावल संकटमा परेका छन् । उनले विश्वासको मत नपाए नेपाली काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

पार्टीका संरक्षक रेशम चौधरीसहितका राजबन्दीको रिहाको प्रक्रियासमेत सुरु नभएको भन्दै नागरिक उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको हो । सुदूरपश्चिममा एमालेका १०, माओवादीका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७ र एक जना राप्रपाका प्रदेश सभा सदस्यको समर्थनमा रावल मुख्यमन्त्रीमा गत पुस २७ गते नियुक्त भएका थिए ।

काँग्रेसमा १९, समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यहरु प्रदेश सरकारको बिपक्षमा छन् ।

School
टिप्पणीहरू
Loading...