Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

थारू लोक संस्कृति प्रति थारू अगुवा चिन्तित

0

कैलाली, १८ माघ ।। मौलिकता गुमाउँदै गइरहेको थारू भाषा, लोक कला संस्कृति तथा रीतिरिवाज प्रति थारु अगुवा चिन्तित बनेका छन् । मंगलबार गोदावरी नगरपालिका–८, मजगाउँमा भएको थारू जातिको इतिहास सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले मौलिक चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृति नै लोप हुँदै गइरहेकोले चिन्ता व्यक्त गरेका हुन् ।

थारु कल्याण कारिणी सभा गोदावरी नगर समितिका सभापति तथा थारु इतिहास बारे जानकार जनक लाल चौधरीले दिनदिनै मौलिकता गुमाउँदै गइरहेको थारू भाषा, लोक कला संस्कृति तथा चाडपर्व, रीतिरिवाज प्रति चिन्ता व्यक्त गरे । उनले भने–‘मौलिक चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृति नै हाम्रो पहिचान हो । यदि हाम्रो चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृति नै मौलिकता गुमाउँदै जान्छ अथवा लोप हुँदै जान्छ भने हाम्रो पहिचान नै हुँदैन ।’

उनले आफू जान्ने सुन्ने भएदेखि नै थारू भाषा, धर्म, संस्कृति, चाडपर्व, चालचलन तथा रीतिरिवाज जोगाउन तिर लागेको बताए । उनले अघि थपे–‘म आफ्नो घर गोतियारमा आफ्नै धर्म संस्कृति अथवा संस्कार अनुसार भोजविहा तथा अन्य कर्म गर्दै आएको छु । म आफ्नै धर्म संस्कृति र संस्कारलाई विश्वास गर्दछु ।’ सभापति चौधरीले एकले जर्गेना गर्दैमा उसको भाषा, कला, धर्म संस्कृति संरक्षण नहुने भन्दै उनले सबैलाई संरक्षण गर्नमा जोड दिनु पर्ने बताए ।

थारू अगुवा यज्ञराज चौधरीले थारू भाषा, धर्म, संस्कृति तथा चाडपर्व पुस्तान्तरण नुहुनले लोप हुँदै गएको औँल्याए । उनले भने–‘हामीले अन्य समुदायको धर्म संस्कृतिबारे आफ्ना सन्ततीहरुको हात समाएरै सिकाउने गर्दछौँ तर आफ्नो धर्म संस्कृतिबारे मतलब नै गर्दैनौं, जसले गर्दा हाम्रो समुदायको भाषा, कला संस्कृति लोप हुँदै गइरहेको छ ।’

समाजसेवी मनिराम चौधरीले थारू युवा पुस्ताहरुको आफ्नै धर्म संस्कृति प्रति विश्वास नहुनुले पनि थारू समुदायको भाषा, लोक कला, धर्म संस्कृति हराउँदै गएको औँल्याए । उनले भने–‘हाम्रो युवा पुस्ताहरुमा आफ्नै धर्म संस्कृति प्रति विश्वाश रहेको छैन, जसले लोप हुनका साथै संरक्षणमा चुनौती रहेको छ ।’ थारू कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव थारूले आफ्नो मौलिकता बचाउन लोक कला, भाषा, धर्म संस्कृति बचाउन अग्रसर हुनु पर्ने बताए ।

साथै उनले आफ्नो गाउँठाउँको नाम तथा पहिचानका लागि थारू भाषामै गाउँठाउँको नाम उल्लेख गर्न जोड दिए ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका इतिहास विभागका अनुसन्धानकर्ता डा. कृष्णराज सर्वहारीले थारू इतिहासबारे दस्तावेजीकरणका लागि थारू अगुवा तथा वुद्धिजीवी, बरघर भलमन्साहरुसँग थारू इतिहास बारे जानकारी लिएको बताए ।
थारू आयोगले थारू समुदायको ईतिहास बारे अभिलेखीकरण गर्न लागेको हो । जसका लागि उनले थारू अगुवाहरुसँग थारूहरुको थर, मौलिक चाडपर्व रीतिरिवाज, भाषा, कला, धर्म, संस्कृतिको इतिहासबारे अनुसन्धान गर्न लागेका हुन् ।

School
टिप्पणीहरू
Loading...