Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

टीकापुर घटना सम्बन्धी आज सर्वोच्च अदालतमा तोकिएको पेसी स्थगित

0

कैलाली, १७ माघ ।। कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा तोकिएको पेसी स्थगित भएको छ । यस अघि ८ पटक सम्म साधारण तरिक र ५ पटक पेसी स्थगित भइसकेको थियो ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए ।

०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । ०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । आजै अर्को पेसी तोकिने जनाइएको छ ।

School
टिप्पणीहरू
Loading...