पहलमानपुर, १४ माघ ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरमा आज (शनिवार) बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा सो रक्तदान कार्यक्रम भएको हो ।
‘मेरो रगतले कसैको जीवन बच्छ, भने किन रक्तदान नगर्ने’ भन्ने मुल नाराका साथ आयोजित बृहत रक्तदान कार्यक्रम कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्रको सभापतित्वमा तथा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतको प्रमुख आथित्वमा भएको हो ।
उक्त रक्तदान कार्यक्रममा पहलमानपुर क्षेत्रका शिक्षक, विद्यार्थी, व्यापारी, कर्मचारी, राजनिज्ञ, समाजसेवि लगायतका गरि ४५ जनाले रक्तदान गरेका छन् ।
