कैलाली, १२ माघ ।। टीकापुर सामुदायिक पुस्तकालयले पुस महिनाको उत्कृष्ट पाठकको रुपमा टीकापुर नगरपालिका–१ ब्लक नं.१४ का सीमा कठरियालाई पुरस्कृत गरेको छ । सरस्वती पूजाको अवसरमा उनी रु १० हजार रुपैयाँसहित पुरस्कृत भएका हुन् ।
टीकापुर सरोकार समुहले टीकापुरमा पुस्तक अध्ययन संस्कृतिलाई बढाउन अध्ययन गर्ने पाठकलाई उकृष्ट पुरस्कार दिदै आएको छ ।
पाठकहरुले टीकापुर सामुदायिक पुस्तकालयमा आएर महिना भर अध्ययन गर्नेमध्ये उत्कृष्ट एक पाठकलाई प्रत्येक महिना रु दशहजार नगद सहित प्रशंसापत्र दिदैं आएको छ ।
वीरेन्द्र विद्या मन्दिर टीकापुरका पुर्व प्रधानध्यापक एवम् साहित्यकार धनन्जय तिमिल्सिनाले बिजेता कठरियालाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । तिमिल्सिनाले पढने संस्कृति घटदै गएको बेला सरोकार समूहले पाठकमा अध्ययनतर्फ रुची बढाउन यो पुरस्कार व्यवस्था गरेकोमा खुशी व्यक्त गरे ।
टीकापुर सरोकार समूहको तर्फबाट पौष महिनाको पुरस्कारको सौजन्य हाल दक्षिण कोरियामा कार्यरत समूहका सदस्य रेवन्त रावलले गरेका थिए । कार्यक्रममा पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको थियो ।
