Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

केपी ओली संविधान मास्न ढुकेर बसेको सांसद चौधरीको आरोप

0

काठमाडौं, ७ माघ । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले पूर्व प्रधानमन्त्री केपी ओलीले संविधान नष्ट गर्न ढुकेर बसेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको शनिवारको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै नेता चौधरीले भने, ‘संविधानलाई नष्ट गर्नका लागि पूर्वप्रधानमन्त्री ढुकेर बसिरहनुभएको छ । त्यस्ता व्यक्तिहरूको उपस्थिति संसद्मा महत्त्वपूर्ण भयो भने फेरि संविधान च्यात्ने काम हुनसक्छ, संविधान धुजाधुजा हुनसक्छ ।’ उनले संसद्मा संविधान च्यात्न र मास्न खोज्नेहरूको उपस्थिति बलियो बनिरहेको बताएका छन्।

magh suvakamana

उनले जो जो संसद्मा संविधानबारे कुतर्क , गलत लजिक दिइरहेकालाई कोचिङ क्लास   को व्यवस्था गर्न माग गरेका छन्। उनले भने  ुसम्भवतः प्रतिनिधिसभामा कोचिङ क्लासका लागि बजेटको व्यवस्था छैन होला । यदि, व्यवस्था छैन भने मैले प्राप्त गर्ने सेवा सुविधा काटेर जो जो यो डेफिनेसन, तर्क, लजिक, बेठिक कुतर्क गरिरहेको छ, त्यस्ता व्यक्तिलाई कक्षामा राखेर राम्रोसँग पढाउनका लागि म अनुरोध गर्न चाहन्छु।ु

School
टिप्पणीहरू
Loading...