Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाको संचालक तथा लेखा समिति निर्विरोध निर्वाचित

0

मसुरिया, २४ पाैष ।। वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गौरीगंगा नगरपालिका ८ को अध्यक्षमा फुल कुमारी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । सहकारीको १३ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक धनसिंह साउदले जानकारी दिएका छन् ।

संचालक समितिको उपाध्यक्षमा मेलाराम टेर्रा सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा राजरानी देवी चौधरी र सदस्यहरुमा क्रमश रामशरण चौधरी, दुर्गा देवी ताडी, जितराम डगौरा थारु, कविता देवी चौधरी, बमेन्द्र बम, जगतराम थारु, रुपमनी देवी चौधरी, रमेश कुमार चौधरी र दयाशंकर चौधरी निर्वाचित भएका छन् ।

लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा भोजराज जोशी तथा सदस्यहरुमा राधाकृष्ण चौधरी र अमिषा देवी चौधरी निर्वाचित भएका छन् । यहि पुस १४ गते भएको साधारण सभाबाट समिति चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो ।

२३ गते शनिबार भएको उम्मेदवारीमा संचालक समिति र लेखा सुपरिवेक्षण समितिमा सोहि अनुसारको मात्र उम्मेदवारी परेको निर्वाचन संयोजक धनसिंह साउदले जानकारी दिएका छन् । गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका कार्यक्षेत्र रहेको वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्थामा २५४१ जना सेयर सदस्य रहेका छन् ।

School
टिप्पणीहरू
Loading...