धनगढी, २८ मंसिर ।। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले खुला तथा महिला र आदिवासी जनजाति गरी ५४ जना कर्मचारी माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै सुदूरपश्चिममा कर्मचारी नियुक्तिका लागि आवेदन माग खुला गरेको जानकारी दिएको छ। स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको छ ।
सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको हो।

