Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सांसदका लागि सुन र चाँदीको जलप लगाइएको लोगो 

0

धनगढी २७ मंसिर/ सुदूरपश्चिम प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुका लागि नयाँ लोगो बनाउन लागेको छ । सचिवालयले ५३ जना नवनिर्वाचित प्रदेशसभा सदस्यका सुन र चाँदीको जलप लगाइएको लोगो बनाउन लागेको हो ।

लोगोका लागि आवश्यक पर्ने सुन र चाँदी राष्ट्र बैँकबाट खरिद गर्न प्रदेशसभा सचिवालयले एक जना कर्मचारीलाई काठमाडौँ पठाएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले नवनिर्वाचित सांसदका लागि विगतमा जस्तै लोगो बनाउन लागिएको बताए ।

बोगटीले तत्कालीन प्रदेशसभा सदस्यहरुलाई दिइएको लोगो फिर्ता माग्ने प्रचलन नभएका कारण सचिवालयले नयाँ लोगो बनाइरहेको बताए । प्रदेशसभा सचिवालयले यसअघि पनि ५३ जनाका लागि चाँदी र सुनको जलप लगाइएको लोगो बनाएको थियो ।

School
टिप्पणीहरू
Loading...