काठमाडौं, २५ मंसिर ।। कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको अन्तिक क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएसँगै क्वार्टरफाइनलका खेल सकिएर सेमिफाइनल खेल्ने टिमको टुङ्गो लागेको हो ।
यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगे । जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन् ।
यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा सुरु हुनेछ ।
