Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

चर्रामा जारी फुटवल प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई हराउँदै भजनी विजय

0

पहलमानपुर, २४ मंसिर ।। कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ७ चर्रामा जारी फुटवल प्रतियोगितामा आयोजक टिमलाई हराउँदै भजनी विजय भएको छ । शनिवार भएको फाइनल खेलमा आयोजक पुरैना युवा क्लवलाई १ का विरुद्ध ३ गोल अन्तरले हराउँदै भजनी खेलको विजेता बनेको हो ।

सो खेलमा निर्धारित समयमा १/१ गोल बराबर भए पश्चात टुङ्गो लाग्न नसकि पेनाल्टी सुट आउट भएको थियो । पेनाल्टी सुटआउटमा आयोजकका तर्फबाट १ गोल र भजनीका तर्फबाट ३ गोल भए सँगै भजनी खेलको उपाधि हात पार्न सफल भएको हो । उक्त खेलमा विजेता हुने टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने उपविजेता टिमले १५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

यस्तै उक्त खेलमा द राईजिङ्ग प्लेयर भजनीका हेमन्त टमट्टा, बेष्ट स्कोरर चर्राका रबिन्द्र डंगौरा, बेष्ट डिफेन्डर चर्राका सैराज अलि, बेष्ट किपर चर्राका सरोज कठरिया र भजनीका गणेश लोहार बेष्ट प्लेयरका रुपमा उत्कृष्ट खेलाडी चुनिएका छन् । बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी, विशिष्ट अतिथी भजनी ७ का वडा अध्यक्ष अमर बहादुर कठरियाले पुरस्कार वितरण गरेका थिए ।

क्लवको १८ औं बार्षिक उत्सवको अवसरमा आयोजित फुटवल प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । मंसिर १८ बाट सुरु भएको फुटवल प्रतियोगिता शनिवार एक औपचारिक कार्यक्रमका विच समापन गरिएको छ । क्लवका अध्यक्ष दयाराम कठरियाको सभापतित्वमा भएको समापन कार्यक्रमको संचालन सचिव जय कठरियाले गरेका थिए । समापन कार्यक्रममा स्थानिय कलाकारहरुले साँस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

School
टिप्पणीहरू
Loading...