Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम

0

मसुरिया,२१ मंसिर ।। वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल कैलालीको आयोजनामा गौरीगंगा नगरपालिकामा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका कैलाली सचिब दल बहादुर ओखेडाले संचालन गरेको जनसभालाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम संयोजक श्याम कुंवर (सर्वजित) पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा उत्पादन बिभाग प्रमुख मदन प्रभात, राष्ट्रिय भुमि अधिकार मञ्च गौरीगंगा नगर संयोजक नारायण तथा सुकुम्वासी समस्या बिरुद्धका अभियान्ता नन्दलाल बि.क लगायतले सम्बोधन गरेका थिए ।

सुकुम्वासी समस्याको दिर्घकालिन समाधान बारे धारणाहरु राख्दै वक्ताहरुले १५ बर्ष सम्म भुमिहिन सुकुम्बासीहरुलाई आश्वासन दिएर संसदवादी राजनीतिक दलहरुले भोट बैंकको रुपमा उपयोग गरेर धोका दिएको आक्रोश व्यक्त गरेका थिए ।

School
टिप्पणीहरू
Loading...